Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल राष्टपतिद्वारा गृहमन्त्रालयमै फिर्ता


काठमाडौं, १२ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आममाफीका लागि पठाइएको फाइल गृह मन्त्रालयमै फिर्ता गरिदिएका छन्।

उनले शुक्रबार सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका चौधरीलाई आममाफीका लागि सरकारले पठाएको फाइल गृह मन्त्रालयमा फिर्ता पठाएका हुन्।

‘रेशम चौधरीको आममाफीका सम्बन्धमा प्रचलित कानुन, रेशम चौधरीको मुद्दासम्बन्धी सर्वोच्च अदालतको फैसला, सर्वोच्चद्वारा प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानुन बमोजिम गर्न’ भनेर राष्ट्रपति कार्यालयले गृह मन्त्रालयमा फाइल फिर्ता गरेको शीतलनिवासले जनाएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट