Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

विश्वविद्यालयका पाठ्यक्रममा सूचना प्रविधि समावेश गरेमात्र स्वरोजगार बढ्न सक्छः प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, १४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बढ्दो बेरोजगारी देशको मूल समस्या भएको बताएका छन्। आइतबार नेपाल राष्ट्रिय प्राध्यापक संगठनको राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले नेपालको अहिलेको शिक्षा प्रणालीले बेरोजगारी बढ्ने र विदेश पलायन हुने खालको भएको बताएका हुन्।

उनले विश्वविद्यालयका पाठ्यक्रममा सूचना प्रविधि समावेश गरेमात्र स्वरोजगार बढ्ने बताए। उनले नेपाललाई आवश्यक पर्ने शिक्षा नीति अवलम्बन नहुँदा परिणाममुखी, उत्पादनमुखी र रोजगार केन्द्रित हुन नसकेको बताए। प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रमा देखा परेको समस्या संस्थागत भ्रष्टाचार र विथितिले भएको टिप्पणी गरे।

उनले यथाशिघ्र संघीय शिक्षा ऐन सदनबाट पारित गर्ने र समाजवाद उन्मुख शैक्षिक नीति कस्तो हुने भन्ने बारेमा उच्चस्तरीय शिक्षा आयोग गठन गरेर समाजवाद उन्मुख शिक्षा नीति बनाउने जानकारी गराए। प्रधानमन्त्री प्रचण्डले सोमबार आउने बजेटले धेरै नयाँ योजना र कार्यक्रम भने राख्न नसक्ने बताए। उनले बजेटमा ७५३ वटै पालिकामा युवालाई रोजगार दिने क्रान्तिकारी कार्यक्रम ल्याउने जानकारी दिए।

उनले यसपटकको भारत भ्रमण विशेष हुने उल्लेख गरे। उनले भ्रमण हवाई रुट र पञ्चेश्वर आयोजनालाई समेत अगाडि बढाउने गरी भारतमा सम्झौता हुने विश्वास व्यक्त गरे।


क्याटेगोरी : विज्ञान, समाचार
ट्याग : #breaking, #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट