Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कोसी प्रदेशको नाम खारेज हुनुपर्ने माग राख्दै पहिचान पक्षधरले निषेधित क्षेत्र तोडे, दर्जनौं अश्रुग्यास प्रहार


विराटनगर, १४ जेठ । प्रदेशको नाम कोसी खारेज हुनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएकाहरू पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेका छन्। कोशी प्रदेशसभा रहेको स्थानलगायत केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ। सोही निषधित क्षेत्र तोडेर उनीहरू प्रदर्शन गरिरहेका छन्।

प्रदर्शनका कारण विराटनगर तनावग्रस्त भएको छ। आन्दोलनरत पहिचान पक्षधरहरू घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएपछि कोसी प्रदेशको राजधानी विराटनगर तनावग्रस्त बनेको छ। प्रहरीले भीड नियन्त्रण गर्न दर्जनौं अश्रुग्यास प्रहार गरेको छ।

उनीहरू सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुढा प्रहार गरिरहेका छन्। केही प्रहरी घाइते भएका छन्। घाइतेको संख्या एकिन भएको छैन। प्रदर्शनस्थल तनावग्रस्त बनेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको छ। अहिले प्रदेशसभा नजिकै प्रदर्शन भइरहेको छ।

स्थितिलाई नियन्त्रणमा लिने प्रयास जारी छ। प्रहरीले कोसी प्रदेशको राजधानी विराटनगरबाट गुलेली र ढुंगासहित पहिचान पक्षधरका ३७ जनालाई पक्राउ गरेको छ। निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि आन्दोलनकारीलाई पक्राउ गरिएको हो। पक्राउ परेकाको साथबाट गुलेली र ढुंगा बरामद भएको प्रहरीले जनाएको छ।

प्रदेशसभा वरपर भेला भएका पहिचान पक्षधरले निषेधित क्षेत्र तोडेर प्रदर्शन गर्न थालेपछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन दिउँसो २ बजेका लागि आह्वान गरिएको छ। अधिवेशनका लागि सांसद (प्रदेशसभा सदस्य) लाई संसद (प्रदेशसभा भवन) प्रवेशमा अवरोध गर्ने तयारीसहित पहिचान पक्षधर बिहानैदेखि भेला भएका थिए।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking, #koshi pradesh

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट