Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गोरखापत्रको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त


काठमाडौं, १४ जेठ । गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा उपेश महर्जन नियुक्त भएका छन् ।

जेठ १२ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं, कीर्तिपुर नगरपालिका-७ निवासी महर्जनलाई गोरखापत्र संस्थानको सम्पादक सल्लाहकारमा दुई वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो ।

४३ वर्षीय महर्जनले करिब १६ वर्षदेखि गोरखापत्रमा रहेर रिपोर्टिङ तथा सम्पादन कार्य गर्दै आएका छन् । उनी प्रेस सेन्टर, नेपालको केन्द्रीय उपाध्यक्षसमेत हुन् ।

उनले त्रिभुवन विश्व विद्यालयबाट समाजशास्त्रमा एमफिल गरेका छन् ।


क्याटेगोरी : समाचार, साहित्य
ट्याग : #gorkhapatra

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट