Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

माओवादीले निर्माण गरेको शहीदगेट व्यास नगरपालिकाले भत्कायो


तनहुँ, १६ जेठ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको शहीदगेट भत्काइएको छ। पृथ्वीराजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त शहीदगेट भत्काइएको हो।

मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त शहीदगेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए। नेकपा (माओवादी) केन्द्रले उक्त शहीदगेटको निर्माण गरेको थियो। शहीदगेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका शहीदको विवरण समेटिएको थियो।

मुग्लिन–पोखरा सडकखण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ। मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ।


क्याटेगोरी : जनमञ्च, समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट