Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

भारतले गौतमबुद्ध विमानस्थलमा ‘आईएलएस’ सञ्चालनको अनुमति दियो


काठमाडौं । भारतले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणको सहायतामा जहाज अवतरण अर्थात् इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम आईएलएस सञ्चालनको अनुमति दिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा महेन्द्रनगर प्रवेश बिन्दुको हवाई रुटबारे सहमति नभए पनि गौतमबुद्ध विमानस्थलमा आईएलएस सञ्चालनका लागि भने भारतले सहमति दिएको हो ।

यसअघि भैरहवामा आईएलएस सञ्चालनको अनुमति नहुँदा कुहिरो लाग्दा वा अरु कुनै कारणले रन वे नदेखिँदा जहाज अवतरण हुन पाउँदैन थिए । जसका कारण विभिन्न देशबाट काठमाडौंका लागि आएका जहाज काठमाडौंमा अवतरण हुन नसकेमा भारत या अरु देशमा जानुपर्थ्यो । अब भने भारत हुँदै भैरहवा आउने जहाजले उपकरणकै सहायतामा अवतरण गर्नेछन् ।

यस्तै, सीमा क्षेत्रको भारतीय आकाशमा जहाज जाँदा पनि भारतको अनुमति लिइरहनु पर्नेछैन ।

आईएलएस सञ्चालनको अनुमतिसँगै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उडान र अवतरण सहज हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #brekaing

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट