Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चुडामणि शर्मासहित ३ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर


काठमाडौं । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चुडामणि शर्मासहित ३ जना भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएका छन् ।

१० अर्ब रुपैयाँको कर फर्स्योट राजस्व चुहावटसम्बन्धी मुद्दामा विशेष अदालतले आज तत्कालीन सहसचिव चुडामणि शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई दोषी ठहर गरेको हो ।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा न्यायाधीशहरु यमुना भट्टराई र शालिग्रामप्रसाद कोइरालाको इजलासले तीन जनालाई कैद सजाय हुने फैसला गरेको छ । उनीहरुलाई सजाय तोक्नका लागि जेठ २५ मा पेसी तोकिएको छ ।

यस मुद्दामा ३ वर्षसम्मको कैद सजाय हुन सक्ने कानुनी प्रावधान छ । तर अर्बौँ रुपैयाँ भ्रष्टाचारको आरोप लगाएका उनीहरुलाई अकुत सम्पत्तिको मुद्दामा भने सफाइ दिएको छ । २०७४ साउन १ गते सरकारले शर्मासहित तीन जनालाई १० अर्ब २ करोड रुपैयाँ राजस्व अपचलनको मुद्दा दायर गरेको थियो ।

सर्वोच्च अदालतमा मुद्दा दायरपछि उनीहरु जनही १/१ करोड रुपैयाँ धरौटीमा रिहा भएका थिए । आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्मा आयोगमा सदस्यसचिवको हैसियतमा कार्यरत थिए ।

२०७१ सालमा तत्कालीन अर्थमन्त्री रामशरण महतले गठन गरेको कर फर्स्योट आयोगले बक्यौताका रूपमा रहेको ३० अर्ब ५२ करोड रुपैयाँ फर्स्योट गरी ९ अर्ब ५४ करोड रुपैयाँ मात्रै असुल गर्ने निर्णय भएको थियो  ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट