Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रधानमन्त्रीको भारत भ्रमण : आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम


काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज मध्यप्रदेशको इन्दोर जाने कार्यक्रम छ ।

उनी नयाँदिल्लीबाट दिउँसो एक बजे इन्दोर पुग्ने र होटल मेरियटमा बस्ने भ्रमण तालिकामा उल्लेख छ । साथै मध्य प्रदेशको उज्जैनमा महाकालेश्वरको मन्दिरमा पूजा गर्ने कार्यक्रम छ । उनले इन्दोरमा रहेको फोहर व्यवस्थापन प्लान्टको भ्रमण गर्ने पनि कार्यक्रम छ । आज बेलुका उनले मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

प्रधानमन्त्री प्रचण्ड भोलि इन्दोरमा रहेको विशेष आर्थिक क्षेत्रको भ्रमण गरी नयाँदिल्ली फर्किने र त्यहाँबाट बेलुका स्वदेश आइपुग्ने कार्यक्रम छ । भारतको चारदिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल अस्ति बुधवार नयाँदिल्ली प्रस्थान गएको थियो ।

प्रधानमन्त्री प्रचण्डले हिजो समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रौपदी मूर्मु, उपराष्ट्रपति जगदीप धनखडलगायतसँग भेटवार्ता गरे। हिजो नै नेपाल र भारतबीच विभिन्न सात वटा सम्झौता र समझदारी भएका छन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीको उपस्थितिमा नेपाल र भारतबीच विभिन्न ७ वटा विषयमा सम्झौता र समझदारी भएको हो ।

त्यस्तै, हिजो बेलुका प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ र भारतीय उद्योग परिसङ्घले गरेको समिटलाई सम्बोधन गर्दै नेपालमा लगानीका लागि आउन भारतीय व्यवसायीलाई आग्रह गरे।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट