Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

५० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेपछि ताप्लेजुङको चागे माध्यमिक विद्यालय बन्द


ताप्लेजुङ, २१ जेठ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–५ मा रहेको चागे माध्यमिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । विद्यालयका ५० जनाभन्दा धेरै विद्यार्थी बिरामी परेपछि विद्यालय बन्द गरिएको हो ।

विद्यालयका प्रधानाध्यापक केशवप्रसाद गौतमका अनुसार विद्यार्थी बिरामी हुन थालेपछि आउँदो शुक्रवारसम्म विद्यालय बन्द गरिएको छ । विद्यार्थीलाई ज्वरोसहित शरीरमा फोका आएकाले विद्यालय बन्द गरिएको उनले बताए ।

उनीहरुमा दादुरा या ठेउलाको सङ्क्रमण हुन सक्ने जिल्लास्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । गर्मीमा दादुरा र ठेउलाको सङ्क्रमण धेरै देखिने गरेको छ । साथै एक जनालाई देखिएमा बिरामीको सम्पर्कमा रहने अरुलाई पनि सर्ने सम्भावना हुन्छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट