Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कैलालीको धनगढीमा एकजनाले आफ्नै घरमा आगो लगाए


कैलाली । कैलालीको धनगढीमा आफ्नै घरमा आगो लगाएका छन् । जाँडरक्सी खाएर घरमा आगो लगाएको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–३ का वीरबहादुर विष्टलाई पक्राउ गरेको हो ।

उनले दुई दिनअघि आफ्नै पक्की घरमा आगो लगाउँदा लत्ता कपडा, सोफासेट, बिजुलीको वाइरिङ तारलगायतका झण्डै ७० हजार रुपैयाँ बराबरको मालसामान जलेर नष्ट भएको थियो।

प्रहरी र स्थानीयवासीको प्रयासमा राति नै आगो नियन्त्रणमा लिइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट