Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

अत्याधिक गर्मी बढेपछि सुर्खेतका विद्यालय एक हप्ता बन्द


सुर्खेत, २४ जेठ । सुर्खेतका निजी विद्यालय एक साताका लागि बन्द हुने भएका छन् । अत्याधिक रुपमा गर्मी बढ्न थालेपछि सुर्खेतका निजी विद्यालयले एक साताका लागि पठनपाठन बन्द गर्ने भएका हुन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल ‘प्याब्सन’को सुर्खेत कार्यसमितिले सुर्खेतका निजी विद्यालयलाई पत्राचार गर्दै एक साताका लागि गर्मी बिदा दिन पत्राचार गरेको छ । सोहीअनुसार विद्यालयमा जेठ २४ देखि ३० सम्म पठनपाठन क्रियाकलाप बन्द हुनेछ।

सोमबार बसेको प्याब्सनको जिल्ला कार्यसमिति बैठकले सुर्खेतस्थित सम्पूर्ण निजी विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको थियो । अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा समस्या सिर्जना हुन सक्ने जोखिम बढेको बताउँदै प्याब्सनले वातावरणमा सुधार आएपछि जेठ ३१ गतेबाट पठनपाठन सुरु गर्ने योजना बनाएको छ ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #garmi, #hot, #school, #surkhet

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट