Techie IT
  • १७ फागुन २०८०, बिहीबार
Jhilko

सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै माइतीघरमा धर्नामा बसेकाहरुलाई गृहमन्त्रीले मन्त्रालय बोलाए


काठमाडौं, २४ जेठ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सिर्सिया नदीको प्रदूषण रोक्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्नामा बसेका स्थानीयलाई छलफलका लागि सिंहदरबार आउन आग्रह गरेका छन् ।

बुधबार धर्नास्थल माइतीघर पुगेर श्रेष्ठले आन्दोलनरत पक्षले राखेका बिषयहरुमा सरकार सकारात्मक रहेको भन्दै छलफलमा बसेर निष्कर्षमा पुग्नुपर्ने बताएका हुन् । उनले सिर्सिया नदीलाई स्वच्छ राख्नुपर्ने बिषयलाई सम्बोधन गर्न तत्कालीक र दीर्घकालीन समाधानका लागि सरकार गम्भीर रहेको बताए । उनले सिर्सियाबासीको समस्या राज्यको पनि समस्या भएकाले सरोकारवाला मन्त्रालयहरुसंग पनि छलफल गरिने प्रतिवद्धता जनाए ।

कलकारखानाबाट निस्किएको फोहर सिँधै मिसाइँदै नदीमा प्रदूषण बढेको भन्दै उनीहरूले काठमाडौंमा धर्ना दिँदै आएका छन् । उनीहरूले सिर्सिया नदीको पानी भरिएको बोतल गृहमन्त्रीलाई देखाएका छन् ।

त्यस्तै बुधबार नै गृहमन्त्री श्रेष्ठले माइतीघरमा सहकारी पीडितको आन्दोलनमा पुगेर यस विषयको समाधान खोज्ने प्रतिवद्धता जनाए । उनले सहकारीका बचतकर्तामाथि न्याय हुने गरि सरकारले उपयुक्त कदम चाल्ने आश्वासन दिए ।

मन्त्री श्रेष्ठले सहकारीका बचतकर्ताहरुको समस्याका बारेमा सरकार जानकार रहेको र समाधानका लागि समिति गठन गरिसकेको भन्दै पीडितको समस्या समाधान हुने जिकिर गरे ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #narayankaji shrestha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट