Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘अखण्ड भारत’ को नक्सा राजनीतिक विषय होइन : भारतीय विदेशमन्त्री


काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साको विषय राजनीतिक विषय नभएको बताएका छन् ।

उनले हिजो नयाँ दिल्लीमा सञ्चारकर्मीसँग छिमेकी देशहरुले यो विषयका बारेमा बुझिसकेका भन्दै यसलाई राजनीतिक विषय बनाउन नहुने बताएका हुन्।

भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते नक्सामा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा यस विषयमा कुरा उठिरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो ।

नक्साका सम्बन्धमा यसअघि आफ्नो मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको बताउँदै विदेशमन्त्री जयशङ्करले नक्साकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्साका बारेमा वर्णन गरिएको समेत उल्लेख गरेका छन् ।

उनले छिमेकी देशहरूलाई स्पष्टीकरण चाहियो भने त्यो ठूलो कुरा नभएको पनि धारणा व्यक्त गरे । भारतमा जेठ १४ गते आइतवार उद्घाटन भएको नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सा भित्तामा राखिएको छ ।

नक्सामा ‘अखण्ड भारत’ भन्दै नेपालको लुम्बिनी, कपिलवस्तुदेखि पाकिस्तानको तक्षशिलासम्मको क्षेत्रलाई समेटिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट