Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका अधिकृत लेखनाथ भट्टराई पक्राउ


काठमाडौं, १६ जेठ । घुस लिएको आरोपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका ल्याब टेक्निसियन ९अधिकृत छैठौ तह० लेखनाथ भट्टराई पक्राउ परेका छन्। भट्टराई आज बिहान ५० हजार घुससहित पक्राउ परेका हुन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले भट्टराईलाई शंखमुलबाट नियन्त्रणमा लिएको हो।

सेवाग्राहीबाट ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने प्रयोजनको लागि ५० हजार घुस लिएको उनीमाथि आरोप छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #ghus, #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट