Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु


कालीकोट । कालीकोटको शुभकालीका गाउँपालिका–६ को गविरामा गएराति जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

कालीकोटको बेउली पान्तडी सडक खण्डको चौकी बजारबाट हाउडी हुँदै शुभकालीका जाँदै गरेको लु १ च ८४९८ नम्बरको जीप गविरामा दुर्घटना भएको हो ।

दुर्घटनामा जीप चालक शुभकालीका–२ का ३० वर्षीय हर्क विश्वकर्मा, शुभकालीका–८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेख नौमुले–३ का २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । घटनाबारे थप विवरण आउन अझै बाँकी छ।


क्याटेगोरी : समाचार, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट