Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कालीगण्डकी नदीमा डुबेर २ जना बेपत्ता


मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका-३ कालीगण्डकी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् ।

गैंडाकोट नगरपालिका–३ हर्दी केलादीस्थित कालीगण्डकी नदीमा नुहाउन गएका दुई जना डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले जनाएको छ ।

नदीमा डुबेर गैंडाकोट नगरपालिका-२ शिलान्यास चोक बस्ने २५ वर्षका रमेश चालिसे र चितवनको रत्ननगर नगरपालिका–२ टाँडी बस्ने २४ वर्षका सुरज सुवेदी रहेको खुल्न आएको छ ।

गर्मी छल्न भन्दै नदीमा नुहाउन जाँदा अप्रिय घटना बढ्न थालेका छन् ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट