Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु


पोखरा, २८ जेठ । पोखरामा स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक बालकको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका १६ स्थित मोहनदत्त पोख्रेलले सञ्चालन गरेको स्विमिङ पुलमा पोखरा ८ आलुमाइला चोक बस्ने १० वर्षका ऐनक्स थापा पौडी खेल्ने क्रममा डुबेका थिए ।

दिप अस्पताल पोखरामा उपचारका क्रममा उनको मृत्यु भएको थियो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #death, #pokhara, #swimming pool

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट