Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड र बाबुराम भट्टराईविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता


काठमाण्डौं, २८ जेठ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराईलगायतलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।

पूर्वबालसेनाहरू लेनिन विष्ट, कृष्णप्रसाद दंगाललगायतले दिएको रिट दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलले जानकारी दिए ।

रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको उनले बताए । रिटमा नेकपा ९माओवादी केन्द्र० को दशक लामो सशस्त्र द्वन्द्वकालका बालसेनाहरूको योगदानको अवमूल्यन गरेको आरोप छ ।

यो रिट यसअघि सर्वोच्च प्रशासनले दरपिठ गरेको थियो । तर शुक्रवार सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले दरपिठ खारेज गर्दै रिट दर्ता गर्न आदेश दिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #prachanda baburam

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट