Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

जिल्ला प्रशासन कार्यालय गोरखाकोबाट अब दैनिक १२ घण्टा राहदानी सेवा


गोरखा । जिल्ला प्रशासन कार्यालय गोरखाले दैनिक १२ घण्टा राहदानी सेवा उपलब्ध गराउन थालेको छ । सेवाग्राहीको चाप बढेपछि आज आइतवारदेखि हरेक दिन बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म राहदानी सेवा उपलब्ध गराउन थालिएको सहायक प्रमुख जिल्ला अधिकारी पुष्कर रानाले जानकारी दिए ।

यसअघि कार्यालय समयअनुसार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मात्रै राहदानी सेवा सञ्चालन हुँदै आएको थियो । अब भने कर्मचारी व्यवस्थापन गरेर पहिलो चरणमा बिहान ६ बजेदेखि १२ बजेसम्म र त्यसपछिको समूहले बेलुकी ६ बजेसम्म सेवा उपलब्ध गराउने सहायक प्रजिअ रानाले बताए ।

सेवाग्राहीको अत्यधिक चाप बढ्दै गएको तर राहदानी विभागबाट बायोमेट्रिक विवरण सङ्कलनका लागि थप स्टेशन उपलब्ध हुन नसकेपछि अन्य कार्यालयबाट समेत कर्मचारी व्यवस्थापन गरी दुई ुशिफ्टु मा सेवा दिन थालिएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले बताए ।यस्तै विद्युतीय राहदानीको अनलाइन फारम भरिदिनेहरूले नक्कली विवरण भरेर फारम बुक गर्ने र पछि सेवाग्राहीसँग चर्को शुल्क लिएर फारम उपलब्ध गराउने परिपाटीको पनि अन्त्य गरिएको उनले जानकारी दिए ।

कतिपय फोटो स्टुडियो, कम्प्युटर इन्स्टिच्युट, स्टेशनरी र फारम भर्ने व्यक्ति तथा संस्थाहरूले एकै व्यक्ति वा फरक–फरक व्यक्तिको नाममा नक्कली अभिलेख राखेर आवेदन फारम बुक गर्दा सेवाग्राहीले लामो समयसम्म फारम भर्ने मौका नपाएको गुनासो गरेका थिए । नक्कली सेवाग्राही खडा गरी बुक गरिएका फाराम संशोधन नहुने व्यवस्था कार्यान्वयमा आएपछि यस प्रकारको ठगी रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासनले राहदानीका लागि मिति र समय लिएका सेवाग्राहीलाई तोकिएकै समयमा सेवा लिन पनि आग्रह गरेको छ । कार्यालयले हप्ताको प्रत्येक शुक्रवार दिउँसो २ बजेदेखि निश्चित सङ्ख्यामा फारम खोल्ने व्यवस्था गर्दै आएको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #gorkha

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट