Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

छात्रवृत्ति वितरणकाे विवरण पेस गर्न विद्यालयलाई तुलसीपुर उपमहानगरकाे पत्राचार


दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई दोस्रो पटक पत्राचार गरेको छ ।

पहिलो पटक सूचना प्रकाशित गर्दा पनि विवरण पेस नगर्ने विद्यालयलाई उपमहानगरले दोस्रो पटक सूचना निकालेर ताकेता गरेको उपमहानगरको शिक्षा महाशाखाले जनाएको छ ।

तुलसीपुर उपमहानगरभित्र ६५ वटा संस्थागत विद्यालय रहेकोमा २९ वटा विद्यालयले मात्रै छात्रवृत्ति विवरण पेस गरेको शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले जानकारी दिए । प्रमुख भण्डारीले विवरण पेस नगरेका विद्यालयको नाम यही जेठ ३२ गते सार्वजनिक गर्ने पनि बताए ।

निर्धारित समयभित्र विवरण पेस नगरेमा विभागीय कारबाही तथा विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति दुवै रद्द गरिदिने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

 


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट