Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

बागलुङमा अप्राकृतिक मैथुन गरेको अभियोगमा एक पुरुषलाई १२ वर्ष कैद


बागलुङ, २९ जेठ । जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा एक पुरुषलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ।

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बडिगाड गाउँपालिका–७ का १९ वर्षीय इमानसिंह रानालाई जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधीश दिवाकर भट्टले १२ वर्ष ६ महिना कैद सजाय र ४० हजार रुपैयाँ जरिवानाको फैसाला गरेको इजलासले अधिकृत गंगाधर सापकोटाले जानकारी दिए।

२०७९ साउन २० गते पीडित बालकलाई रानाले अप्राकृतिक मैथुन गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए। उजुरीका आधारमा प्रहरीले सोही दिन नै रानालाई घरबाटै पक्राउ गरेर अनुसन्धान गरी २०७९ भदौ १३ गते जिल्ला अदालत बागलुङमा अप्राकृतिक मैथुन कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो।

अदालतको भदौ १५ गतेको आदेशले आरोपित रानालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।


क्याटेगोरी : पालिका, समाचार, गण्डकी प्रदेश
ट्याग : #jail

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट