Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सिन्धुलीमा कमला खोलाले बगाएर एक जनाको मृत्यु


काठमाडौं । सिन्धुलीमा खोलाले बगाएर एक जनाको ज्यान गएको छ । कमलामाई नगरपालिका–१३ माथिल्लो रानिबासका ६९ वर्षीय पूर्णप्रसाद दाहालको आज कमला खोलाले बगाएर मृत्यु भएको हो ।

आज बिहान माथिल्लो रानिबासबाट कर्णबहादुर कार्की र दाहाल गोरु किनेर मडाहाबाट फर्कँदै गर्दा खोला तर्ने क्रममा दाहाललाई बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन् ।

कमलामाई नगरपालिका–१४ खिरखिरे चन्दनपुरबाट दाहाललाई बगाएपछि छिमेकी कार्कीले तत्काल प्रहरी र स्थानीयलाई खबर गरेका थिए। बगाएको ठाउँबाट करिब २ किलोमिटर तलबाट उनको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट