Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

चितवनमा गैंडाको आक्रमणबाट एक पुरुषको मृत्यु


चितवन, २८ जेठ । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको एक गैँडाले आक्रमण गर्दा नजिकैको सामुदायिक वनमा निउरो टिप्न गएका एकजनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले दिएको जानकारी अनुसार आइतबार साँझ ७ बजेतिर निहुरो टिप्न हरियाली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा गएको बखत गैँडाको आक्रमणमा पुरी भरतपुर २५ घर भई भरतपुर २३ धुर्बघाट बस्ने वर्ष ६० को झन्डिल बोटेको मृत्यु भएको हो ।

बसेको स्थान नजिकैको सामुदायिक वनमा गएको बखत गैँडाले आक्रमण गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो । उक्त स्थानमा इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी टोली खटिगई मुचुल्कालगायत अन्य अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिए ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #rhino

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट