Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मुटुमा समस्या आएपछि राष्ट्रपति पौडेल गंगालाल अस्पताल भर्ना


काठमाडौं, २३० जेठ । मुटुमा समस्या भएपछि राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार बिहान अस्पताल भर्ना भएका छन्। उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको सचिवालय जनाएको छ । यसअघि शनिबार पौडेलको गंगालालमै स्वास्थ्य परीक्षण गरिएको थियो।

राष्ट्रपति पौडेललाई अस्पतालको भीआईपीतर्फ ६ नम्बर क्याबिनको २५४ नम्बर बेडमा राखेर उपचार थालिएको अस्पताल स्रोतले जनाएको छ ।पौडेललाई मंगलबार दिनभर अस्पतालमा राखेर स्वास्थ्य अवस्था परीक्षण गरिने भएको छ। अस्पताल श्रोतका अनुसार भर्नापछि मुटुको परीक्षणका लागि एनजिओग्राम गरिएको छ।

अहिले गंगालालका निर्देशक डा. चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ। चिकित्सकहरुले मुटुको परीक्षणपछि बुधबार मात्रै उनलाई शीतल निवास फर्काउने बताएका छन्।

पौडेललाई अस्पताल भर्ना गरिएकोबारेमा अहिलेसम्म राष्ट्रपति कार्यालयले औपचारिक रुपमा केही सार्वजनिक गरेको छैन।


क्याटेगोरी : समाचार
ट्याग : #ramchandra paudel

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट