Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय प्रधानमन्त्री मोदीले असार ६ गतेदेखि अमेरिकाको राजकीय भ्रमण गर्ने


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आउँदो असार ६ गतेदेखि गर्ने अमेरिकाको राजकीय भ्रमणका लागि तयारी तीव्र पारिएको छ । मोदीको भ्रमणले अमेरिका र भारतका नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र भ्रमण महत्वपूर्ण तथा उपलब्धिपूर्ण हुने कूटनीतिज्ञले बताएका समाचार संस्था एएनआईले जनाएको छ ।

अमेरिका–भारत व्यापार परिषद्ले वासिङ्टनमा गरेको कार्यक्रममा भारतका लागि पूर्वअमेरिकी राजदूत अतुल केशपले भारतका प्रधानमन्त्री मोदीको भावी भ्रमण मैत्री र विश्वासमा आधारित अमेरिका र भारतबीचको सम्बन्धलाई पारस्परिक साझेदारी थप वृद्धि गर्न वास्तवमै महत्वपूर्ण हुने बताए ।

अमेरिका र भारतबीचको साझेदारी पछिल्ला दिनमा थप लचिलो बनेको तथा पारस्परिक सम्बन्धमा धेरै परिवर्तन आएको उनको भनाई छ । कार्यक्रमलाई सम्बोधन गर्दै अमेरिकाका लागि भारतका राजदूत तरनजीतसिंह सन्धुले भारत–अमेरिका सम्बन्धमा अभूतपूर्व परिवर्तन आएको बताएका छन् । चारदिने अमेरिका भ्रमणका क्रममा भारतका प्रधानमन्त्रीले अमेरिकी संसद्का दुवै सदनका संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम पनि छ ।

अमेरिकी राष्ट्रपतिका राजकीय पाहुना मोदी सम्बोधनको यो अवसर एवं सम्मान पाउने तेस्रो भारतीय नेता हुनेछन्। उनी अमेरिकी कङ्ग्रेसलाई दुईपटक सम्बोधन गर्ने एक मात्र भारतीय प्रधानमन्त्री पनि हुनेछन्।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट