Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीकर्तासँग छलफल हुँदै


काठमाडौं, ३१ जेठ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्धको उजुरीकर्तासँग आज छलफल हुने भएको छ। संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश कार्कीविरुद्ध परेका २९ वटा उजुरी परेका छन्। उक्त उजुरी दिने उजुरी कर्तासँग आज बिहान ११ बजे छलफल हुन लागेको हो।

प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपति शमशेर जबरा (राणा) को सभापतित्वमा गत सोमबारको बैठकले संसदीय सुनुवाइका लागि उजुरी खोलिएपछि उजुरीकर्तासँग यससम्बन्धी छलफल गर्न बनाएको कार्यविधि पारित गरेको थियो। बैठकले बुधबार उजुरीकर्ताहरुसँग छलफल गर्ने र बिहीबार प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ।

गत वैशाख २५ गते संवैधानिक परिषदबाट प्रधानन्यायाधीश लागि कार्की सिफारिस भएका थिए।

यसैबीच न्यायपरिषद्ले कामयमुकायम प्रधानन्यायाधीश कार्कीलाई अवकाश हुने मितिको पत्र दिएको छ। आइतबार न्यायपरिषद् सचिवालयका सहसचिव मानबहादुर कार्कीले कामु प्रधानन्यायाधीश कार्कीलाई अनिवार्य अवकाश हुने पत्र दिएका हुन्। न्यायपरिषदले पठाएको पत्रअनुसार ६५ वर्षे उमेर हदका कारण कार्की आगामी साउन २० गते अवकास हुनेछन्।


क्याटेगोरी : जनमञ्च, समाचार
ट्याग : #hari krishna karki

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट