Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष दाहाललाई कालो मोसो दल्न नेविसंघका अध्यक्ष पोख्रेल पक्राउ


विराटनगर, ३१ जेठ । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेशराज दाहाललाई मसी छर्किने समूहको नेतृत्व गर्ने सरोज पोख्रेल पक्राउ परेका छन् ।

नेविसंघ मोरङका अध्यक्षसमेत रहेका पोख्रेललाई मोरङ–सुनसरी संयुक्त टोलीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाएको हो ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनामा संलग्न अन्यको प्रहरीले खोजी गरिरहेको छ । गत सोमबार सेवा आयोगको इटहरी आपगाछीस्थिति क्वार्टरमा पुगेर नेविसंघको एउटा समूहले अध्यक्ष दाहालमाथि मसी छर्किएको थियो ।

सुनसरी प्रहरी प्रमुख प्रभु ढकाल अनुसार अध्यक्ष दाहालमाथि मसी छ्यापिदिएको घटनाबारे प्रहरीमा जाहेरी परेको छ । ुपोख्रेलविरुद्ध अभद्र व्यवहारको मुद्दा परेको छ । अब अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेर अनुसन्धान गर्छौं,ु उनले भने ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #nebisang, #saroj pokhrel

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट