Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दै


काठमाडौं । एसीसी महिला इमर्जिङ्ग टिम्स एसिया कप क्रिकेटमा नेपालले आज भारतसँग खेल्दैछ । समूहको दोस्रो खेलमा नेपालले आज भारतको ‘ए’ टोलीसँग खेल्न लागेको हो ।

यो खेल हङकङको मङकङमा बिहान सवा ११ बजे सुरु हुनेछ । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ९ रनले पराजित भएको थियो । समूहको अन्तिम खेलमा पर्सि शनिवार नेपालले आयोजक हङकङसँग खेल्नेछ । प्रतियोगितामा सहभागी ८ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

नेपाल रहेको समूह ‘ए’ मा हङकङ, भारत र पाकिस्तानको ‘ए’ टोली रहेका छन् । समूह ‘बी’ मा मलेसिया, यूएई, बङ्लादेश र श्रीलङ्काको ‘ए’ टोली रहेका छन् । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिताको अवसर पाएको हो । एसीसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपमा नेपाली महिला टोलीको यो पहिलो सहभागिता पनि हो ।


क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #Circket Nepal

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट