Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग संसदीय सुनवाइ समितिमा आज प्रष्टीकरण लिइने


काठमाडौं। संसदीय सुनवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग उनीमाथी परेको उजुरीको सम्बन्धमा आज प्रष्टीकरण लिइने भएको छ । उनलाई आज बिहान ८ बजे समिति बैठकमा उपस्थित हुन कार्कीलाई खवर पठाइएको समितिका सदस्य डोलप्रसाद अर्यालले जानकारी दिए ।

सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई आज छलफलका लागि समितिले बोलाएको हो ।

लामो समयदेखि कार्याबहाक प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका कार्कीलाई यसै महिनाको पहिलो हप्ता प्रधानन्यायाधीश सिफारिस गरिएको थियो ।

संवैधानिक परिषद्ले प्रधानन्यायाधीश सिफारिसमा परेका कार्कीलाई उनी विरुद्ध परेको उजुरीका बारेमा सोधपुछ गरिनेछ ।

उनीविरुद्ध परेका २९ वटा उजुरीका बारेमा समितिले उजुरीकर्तासँग हिजो छलफल गरेको थियो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट