प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाई सुरू भयो
![](https://ap-south-1.linodeobjects.com/jhilko/2023/06/hariskrishna-karki.jpg)
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई सुरू भएको छ।
संसदीय सुनुवाई समितिमा कार्कीको बिहान साढे ८ बजेदेखि सुनुवाई सुरू भएको हो। उनीविरूद्ध २९ वटा उजुरी दर्ता भएको छ।
बुधबार उजुरीकर्तासँगको छलफलपछि समितिले बिहाबार सुनुवाईका लागि कार्कीलाई बोलाएको थियो। उनी ८ बजपछि समितिको बैठकमा उपस्थित भएका छन्।
सरकारले वैशाख २५ गते नै प्रधानन्यायाधीशमा कार्कीको नाम सिफारिस गरेको भएपनि संसदीय समिति गठन नहुँदा उनको सुनुवाई रोकिएको थियो।
कार्कीले आफ्नो कार्ययोजना पेस गरेपछि समितिका सदस्यहरूले उनीमाथि प्रश्न गर्नेछन्।
संसदीय सुनुवाई समितिमा कांग्रेसबाट रमेश लेखक, इश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी छन् । एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य छन्।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा, रास्वपाबाट डोलप्रसाद अर्याल, राप्रपाबाट पशुपतिशमशेर जबरा र जसपाबाट प्रकाश अधिकारी सदस्य छन्।
समितिले कार्कीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रधानन्यायाधीशमा नियुक्त गर्ने व्यवस्था छ।
क्याटेगोरी : समाचार
ट्याग : #hot
प्रतिक्रिया