Techie IT
  • १ साउन २०८१, मंगलबार
Jhilko

जाजरकोटको कुशे गाउँपालिकामा विवाह गर्न वडाको सिफारिस अनिवार्य


जाजरकोट, ३२ जेठ । जाजरकोटको कुशे गाउँपालिका–९ ले विवाहपूर्व अनिवार्य सिफारिस लिनुपर्ने नियम लागू गरेको छ । बालविवाह न्यूनीकरणका लागि भन्दै वडाले विवाहपूर्व वडाको सिफारिस अनिवार्य गरेको हो ।

वडाध्यक्ष शिवराज गिरीले भने, ‘बढ्दै गएको बालविवाहलाई मध्यनजर गरी यस वडाले न्यूनीकरणका लागि सम्पूर्ण टोल बस्तीमा विवाहपूर्व वडाबाट सिफारिस लिइ विवाह कार्य अगाडि बढाउन अनुरोध गरेको छ।’

विवाहका लागि वडाबाट सिफारिस लिँदा उनीहरूको वास्तविक जन्म मिति थाहा हुने र बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा वडाले लिएको शिवराज गिरीले जानकारी दिनुभयो । वडालाई बालमैत्री वडा घोषणा गरिएको छ ।

बालमैत्री वडाको दिगोपनका लागि विवाहका लागि उमेर पुगेका युवायुवतीले वडा कार्यालयबाट अनिवार्य सिफारिस लिनुपर्ने नियम बनाइएको वडाध्यक्ष गिरीले बर्ता । जन्मदर्ता र नागरिकता साथमा ल्याइ विवाहका लागि सिफारिस लिन सकिने छ।


क्याटेगोरी : जनमञ्च, पालिका, समाचार, कर्णाली प्रदेश
ट्याग : #kuse jajarko, #marriage

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट