Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कञ्चनपुरमा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने नौ जना भारतीय पक्राउ


महेन्द्रनगर, ३२ जेठ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने नौ जना सञ्चालकलाई पक्राउ गरेको छ।

दोधारा चाँदनी नगरपालिकामा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गरेर औषधि बिक्रि वितरण गर्ने नौ जना मेडिकल सञ्चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले बताए।

“दोधारा चाँदनीका विभिन्न वडामा अनाधिकृत रुपमा मेडिकल सञ्चालन गर्ने नौ जना नियन्त्रणमा लिएका हौं।” उनले भने –“ पक्राउ पर्ने सबै भारतीय नागरिक हुन्।”

पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिकास्थित अनुमति नलिई औषधी पसल संचालन गर्ने भारतको उद्धमसिंह नगरका २६ वर्षीय संजय बिश्वास, पिलिभित नौजलिया ४६ वर्षीय राजेश बिश्वास, पिलिभित महाराजपुरका ४५ वर्षीय सन्तोश सरकार, पिलिभित रानिकलौनी पोष्ट मजौला बस्ने ४४ वर्षीय सुधान्सु हल्दार, उद्धमसिंह नगर खटिका २३ वर्षीय रबि बिश्वास, उद्धमसिंह नगरकै ३२ वर्षीय कार्तिक सरदार, निवास गाइन, निरन्जन अधिकारी र २५ वर्षीय भुपेन्द्र पुरी रहेका छन्। उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : समाचार, स्वास्थ्य, सुदूरपश्चिम प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट