Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

मकवानपुरको बकैयामा करेण्ट लागेर दुई जनाको मृत्यु


मकवानपुर, ३२ जेठ । मकवानपुरको बकैया गाउँपालिकामा करेण्ट लागि दुई जनाको मृत्यु भएको छ ।

करेण्ट लागि मृत्यु हुनेमा बकैया ८ गोठडाडा बस्ने ६० वर्षीय खर्क बहादुर थिङ र ५० वर्षीय पूर्ण बहादुर लो रहेको मकवानपुर प्रहरीले जनाएको छ ।

जेठ ३१ गते दिउँसो ३ बजेको समयमा बकैया ८ तल्लो बिरेफाटस्थित जीत बहादुर बम्जनको मकै बारीमा लत्रीएको बिजुलीको नाङ्गोतार उठाउन पोल गाड्न खाडल खन्ने क्रममा तारले फलामको खन्ती छुदा करेण्ट लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार करेण्ट लागि थिङ र लोको घटनास्थलमै मृत्यु भएको हो ।

घटनास्थलमा हात्तीसुडे प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कृष्ण गौतमसहितको टोली गई घटनास्थल सुरक्षित राखिएको तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक सहितको टोली खटिएको बताइएको छ ।


क्याटेगोरी : पालिका, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट