Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

कृषिमा आत्मनिर्भर बनाउन आलु र प्याजमा भ्याट लगाएको :अर्थमन्त्री


काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको बताएका छन् ।

बिहीवार अर्थ मन्त्रालयमा किसानसँगको भेटमा अर्थमन्त्रीले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले नपाएको भन्दै उत्पादन हेरेर अनुदान दिने व्यवस्था बजेटले गरेको बताए। उनले सरकारले स्थानीय उत्पादन वृद्धि र संरक्षण गर्नकै लागि तरकारीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको बताए । उनले आयातित आलु, प्याज रोक्ने र स्थानीय उत्पादनको प्रोत्साहन र सरंक्षण गर्ने सरकारको मुख्य उद्देश्य रहेको भन्दै बजेट आएपछि स्वार्थ समूहले गलत प्रचार गरिरहेको बताए ।

अर्थमन्त्रीले आलु, प्याजमा लगाएको करले उपभोक्ता मूल्यमा वृद्धि नहुने भन्दै उल्टो मूल्य घट्ने बताए । सरकारसँग स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कर लगाउनुको विकल्प नभएको उनको भनाइ छ । उनले तरकारीमा कर लगाउने सरकारको कदम देशलाई कृषिमा आत्मनिर्भर उन्मुख गराउने उद्देश्य रहेको बताए।

उनले भने, ‘आर्थिक विधेयकमा आलु, प्याजमा लगाएको करको मुख्य उद्देश्य नै स्थानीय उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने हो । यो करको व्यवस्थाले मूलतः आयातित वस्तुलाई नै महँगो बनाउँछ । स्थानीय उत्पादनलाई महँगो बनाउँदैन । अहिले दैनिक उपभोग्य खाद्यवस्तु पनि आयात गर्नुपर्ने भन्ने बहस भइरहेको छ । त्यसैले आयातको सट्टा देशभित्र उत्पादन बढाऔँ भनेको हो ।त्यसले रोजगारी पनि सिर्जना पनि हुन्छ । उत्पादनकर्ता पनि उत्साहित हुन्छन् । नेपाल आत्मनिर्भरतातर्फ उन्मुख हुन्छ भनेर त्यो प्रस्ताव गरिएको हो । सरकारले कृषि क्षेत्रमा दिने अर्बौँको अनुदानको सदुपयोग भएन । दुरुपयोग भयो । कागज देखाएरमात्रै अनुदान लिएका थिए, अब त्यसरी हुँदैन ।’

अर्थमन्त्री महतले सरकारले नयाँ प्रविधि प्रयोग गर्ने किसानलाई प्राथमिकतामा राखेर उत्पादनमा आधारित अनुदान दिने पनि बताए। उनले किसानलाई ढुक्क भएर उत्पादन बढाउन आग्रह गरे ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट