Techie IT
  • १५ वैशाख २०८१, शनिबार
Jhilko

लिला सेलिङको शब्दमा भ्वाईस विजेता करणको ‘सिमाना’ सार्वजनिक


काठमाडौँ । ‘द भ्वाइस अफ नेपाल सिजन ४’ का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा ‘सिमाना’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा ‘भ्वाइस अफ नेपाल’ बाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो ।

शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ ।

<iframe width=”100%” height=”315″ src=”https://www.youtube.com/embed/mKEj05IzADE” title=”YouTube video player” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>


क्याटेगोरी : मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट