Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बिपरजोय समुद्री आँधी भारतको गुजरात पुग्यो : तीव्र हावासहित ठूलो वर्षाको वितण्डा


काठमाडौं । अरब सागरबाट आएको शक्तिशाली समुद्री आँधी बिपरजोय भारतको उत्तरपश्चिम गुजरात पुगेको छ । हिजो बेलुका आँधी भारतको गुजरात र पाकिस्तानको सिन्ध प्रान्तनजिक पुगेको हो ।

आँधीका कारण गुजरातका द्वारका, जामनगर, मोरबी र राजकोटलगायत धेरै जिल्लामा ठूलो वर्षा र तीव्र गतिमा हावासहित वितण्डा मच्चाएको छ । गुजरातका राहत आयुक्त आलोक पाण्डेले समुद्री आँधीको गति केही घटेको बताएको बीबीसी हिन्दीले जनाएको छ । आँधीले पुर्याएको क्षतिको विवरण आउन बाँकी छ ।

पाकिस्तानको विपद् व्यवस्थापन निकायले आँधीका कारण कराँचीदेखि भारतको गुजरातसम्मको समुद्रमा अग्ला छाल आउनसक्ने सक्ने चेतावनी दिएको छ ।

यस्तै, मुम्बईका तटीय क्षेत्रमा जान मानिसहरूलाई रोक लगाइएको छ । भारत तथा पाकिस्तानका विभिन्न ठाउँबाट एक लाख ७० हजार जनाभन्दा धेरै मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बाङ्गला भाषामा बिपरजोयको अर्थ ‘प्रकोप’ भन्ने हुन्छ । भारतमा ठूलो वर्षाका कारण यो हप्ता कम्तीमा ७ जनाको ज्यान गइसकेको छ ।




क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #बिपरजोय समुद्री आँधी

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट