Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

सिन्धुलीमा लिचीको दाना घाँटीमा अड्किएर बालकको मृत्यु


सिन्धुली । सिन्धुलीमा गए राति घाँटीमा लिचीको दाना अड्किएर एक बालकको मृत्यु भएको छ ।

घाँटीमा लिचीको दाना अड्किएर कमलामाई नगरपालिका–६ धुराबजारका तीन वर्षीय बालक क्रियान तामाङको ज्यान गएको हो । लिचीको दाना अड्किएपछि गए राति नै उनलाई उपचारका लागि सिन्धुली अस्पताल लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले बालकको उपचारका क्रममा अस्पतालमा ज्यान गएको जानकारी दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट