Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

दाङको शिरखोलामा जीप दुर्घटना हुँदा एकको मृत्यु, आठ जना घाइते


दाङ, १ असार । राप्ती राजमार्ग अन्तर्गत दाङको शिरखोलामा आज बिहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ८ जना घाइते भएका छन् ।

तुलसीपुरबाट रोल्पाका लागि छुटेको रा १ ज ५५६ नम्बरको जीप तुलसीपुर उपमहानगरपालिका वडा नं ३ शिरखोलामा दुर्घटना हुँदा चालक विष्णु पुनको ज्यान गएको हो।

घाइतेमध्ये चार जनालाई नेपालगञ्ज रेफर गरिएको छ । चार जनाको भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश
ट्याग : #jeep accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट