Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नक्कली भुटानी शरणार्थी प्रकरणः थुनछेक बहस सकियो, आदेश आजै आउने अपेक्षा


काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणका मुद्दाको थुनछेक बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा दुवै पक्षबाट थुनछेक बहस सकिएको हो ।

बिहीबारसम्म १८ जना प्रतिवादीतर्फबाट बहस भएको थियो भने शुक्रबार पाँच जना सरकारी वकिल र जाहेरतर्फकासमेत गरी ७ जनाले जवाफी बहस गरेका हुन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको अभियोग लागेका १८ जना प्रतिवादीतर्फको बहस बिहीबार सकिएको थियो ।

थुनछेक बहस सकिएकाले शुक्रबार नै थुनछेक आदेशको आउने अपेक्षा गरिएको छ ।


क्याटेगोरी : जनमञ्च, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट