Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

जेल जाँदै गर्दा बालकृष्ण खाँणले भनेः म निर्दोष थिएँ, घटनामा सामेल थिइँन


काठमाडौं, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागार चलान भएका नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाँणले आफू निर्दोष रहेको बताएका छन्। काठमाडौं जिल्ला अदालतबाट बाहिरिने क्रममा उनले घटनामा सामेल नभएको दाबी गरे।

‘म निर्दोष थिएँ। घटनामा सामेल थिइँन’, सञ्चारकर्मीसँग उनले भने। त्यस्तै हज समितिका अध्यक्षसमेत रहेका समशेर मियाँले आफूमाथि अन्याय भएको बताए। ‘ममाथि सोह्रै आना अन्याय भएको छ,’ उनले भने। खाँण र मियाँबाहेक अन्य भने सार्वजनिकरूपमा बोलेनन्।

काठमाडौं जिल्ला अदालतले उक्त प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले टंक गुरुङ र लक्ष्मी महर्जनलाई भने धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। गुरुङले दस लाख र महर्जनले ५ लाख बुझाएर शुक्रबार नै रिहा भएका छन्।

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, इन्द्रजीत राईसहित १६ जनालाई जेल पठाउन अदालतको आदेश


क्याटेगोरी : समाचार
ट्याग : #balkrishna khad

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट