Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

टोपबहादुर रायमाझीको सांसद पद निलम्बन


काठमाडौं, १ असार । अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद निलम्बित भएको छ।

शुक्रबार जिल्ला अदालत काठमाडौंले नेकपा एमालेका सांसद रायमाझीलाई भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएसँगै सांसद पद निलम्बनमा परेको हो।

प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम (३) मा फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वतः निलम्बन हुने व्यवस्था रहेको छ।

‘प्रचलित कानुन बमोजिम तीन वर्ष वा सो भन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोगपत्र दायर भई निज पुर्पक्षको लागि थुनामा रहेकोमा त्यस्तो थुनामा रहेको अवधिभर वा अदालतको आदेश बमोजिम पुर्पक्षको लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुनेछैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा समेत स्थगित हुनेछ,’ नियमावलीमा भनिएको छ।

वरिष्ठ अभिवक्ता टिकाराम भट्टराई प्रतिनिधिसभा नियमावली बमोजिम रायमाझीको सांसद पद स्वतः निलम्बन भएको बताए । उनले रायमाझीको सांसद पद निलम्बन भएको सुचना प्रतिनिधिसभा बैठकमा पढेर सुनाउने व्यवस्था रहेको समेत बताए।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएसँगै एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ। उनी गत मंसिर ४ गतेको निर्वाचनमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए। उनलाई गत वैशाख ३१ गते बुढानिलकण्ठबाट प्रहरीले पक्राउ गरेको थियो।

जेल जाँदै गर्दा बालकृष्ण खाँणले भनेः म निर्दोष थिएँ, घटनामा सामेल थिइँन

टोपबहादुर रायमाझी, बालकृष्ण खाँण, इन्द्रजीत राईसहित १६ जनालाई जेल पठाउन अदालतको आदेश


क्याटेगोरी : राजनीति
ट्याग : #to bahadur

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट