Techie IT
  • ६ असार २०८१, बुधबार
Jhilko

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।

उनको मुटुमा समस्या देखिएपछि शनिबार बिहान २ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्‍याएको थियो ।
थप उपचारका लागि बिहान पाँच बजे नै शिक्षण अस्पतालसँगै रहेको मनमोहन कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको राष्ट्रपति सचिवालयले जनाएको छ ।

स्वकीय सचिव अधिकारीका अनुसार राष्ट्रपतिको स्वास्थ्य अहिले सामान्य छ ।

गत मंगलबार राष्ट्रपति पौडेल मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना भएका थिए । उपचार गराएर डिस्चार्ज भएको केही दिनमै उनलाई पुनस् समस्या देखिएको हो ।

यसअघि राष्ट्रपति पौडेलले वैशाखमा भारतको नयाँ दिल्लीमा उपचार गराएका थिए ।


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट