Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

ललितपुरको बाहुनधारामा बस दुर्घटना, १९ जना घाइते


ललितपुर । ललितपुरमा बस दुर्घटना भएको छ । आज बिहान लामाटारबाट लगनखेलतर्फ आउँदै गरेको बस महालक्ष्मी नगरपालिका–१ बाहुनधारामा दुर्घटना भएको हो ।

उक्त बस दुर्घटना परी १९ जना घाइते भएका छन्।उनीहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ ।  लुभुबाट लगनखेलतर्फ आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस शनिवार बिहानै बिच सडकमा नै पल्टिएको हो ।

प्रहरी प्रभाग इमाडोलका अनुसार सो दुर्घटनामा परी घाइते भएका मध्ये ग्वार्कोस्थित बी एण्ड बी अस्पतालमा १८ जनाको र नजिकैको किस्ट अस्पतालमा एकजनाको उपचार भइरहेको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । उक्त बसमा २४ जना यात्रु सवार थिए।

 


क्याटेगोरी : समाचार
ट्याग : #bus accident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट