Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

रौतहटमा करेन्ट लागेर दुई जनाको मृत्यु


काठमाडौं । करेन्ट लागेर रौतहटमा दुई जनाको मृत्यु भएको छ । गएराति पानी तान्ने मोटरबाट करेन्ट लाग्दा रौतहटको बौधीमाई–५ कोपवाका २५ वर्षका अरुण साह र २६ वर्षका सितावि पण्डितको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घरको आँगनमा रहेको ट्युबेल धारामा विद्युत् मोटर सञ्चालन गर्ने क्रममा साहलाई करेन्ट लागेको थियो । साहलाई करेन्ट लागेपछि जोगाउन खोज्दा पण्डितलाई पनि करेन्ट लागेको थियो । अचेत अवस्थामा उपचारका लागि प्रादेशिक अस्पताल गौर लगिएका उनीहरुलाई डाक्टरले मृत घोषणा गरेका थिए ।

 


क्याटेगोरी : समाचार, मधेस प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट