Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर


काठमाडौं, २ असार । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ। उनको मुटुमा समस्या भएपछि आज बिहान त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमामा भर्ना भएका थिए।

उनको मुटुको चाल मनिटरिङ्ग गर्न आवश्यक देखिएकाले भर्ना अस्पतालले जनाएको छ। सो सेन्टरका कार्यकारी निर्देशक प्रा.डा रत्नमणि गजुरेलद्वारा आज जारी प्रेस विज्ञप्तिका अनुसार राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको छ।

राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै ५ बजे उपचारका लागि भर्ना गरिएको थियो। गत मंगलबार मात्र उनको गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा मुटुको एन्जिओग्राम गरिएको थियो। उनी बुधबार डिस्चार्ज भएका थिए।

 


क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #ramchandra paudel

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट