Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने होः कुलमान घिसिङ


काठमाडौं, ३ असार । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र लोडसेडिङ गराएर भारतमा बिजुली नबेचेको बताएका छन्।आइतबार पत्रकार सम्मेलन गर्दै घिसिङले नेपालमा विद्युत कटौती गरेर भारत पठाएको भन्ने सामाजिक सञ्जालमा आएका टिप्पणी सत्य नभएको बताए।

‘उत्पादन भएर यहाँ खपत नभएको बिजुली मात्र हामीले बेच्ने हो,’ उनले भने, ‘हामी पिक समयमा पनि ४०० देखि ५०० मेगावाट बिजुली बिक्री गर्न सक्छौं।’

प्राधिकरणले प्रयोग गरिरहेको सिस्टममा आएको समस्याका कारण केही समय अघि नेपालले गडबडी झेल्नुपरेको उनले बताए। अहिले नेपालको विद्युत खपत २००० मेगावाट पुगेको छ। कुल उत्पादन क्षमता २७०० मेगावाट छ। सधै क्षमताअनुसार सबै बिजुली उत्पादन भने नहुने उनले बताए ।

‘कुनै दिन कुनै आयोजनाको विद्युत उत्पादनमा अवरोध आउन सक्छ। त्यसो हुँदा पनि २५०० देखि २६०० मेगावाट उत्पादन हुन्छ। २००० मेगावाट खपत हुँदा पनि ५०० मेगावाट बढी हुन्छ,’ उनले भने।

पिक समयमाभन्दा अन्य समयमा उत्पादिन विद्युत बिक्री नगरेमा घाटा हुने समेत उनले बताए। प्राधिकरणले विद्युत उत्पादकहरूसँग ुटेक अर पेुमा विद्युत खरिद सम्झौता गरेको हुन्छ। यसरी विद्युत नकिनेमा तिनलाई क्षतिपूर्ति दिनुपर्छ भने यसरी किनेको विद्युत खेर गएमा घाटा हुने भएकाले निर्यात गरिएको उनले स्पष्ट पारे।

 


क्याटेगोरी : समाचार
ट्याग : #kulman ghising

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट