Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

‘अनलाइन बेटिङ’ प्रचार गर्दा कलाकारले ४० लाख रुपैयाँसम्म लिएको स्वीकार


काठमाडौं । अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरूले ४० लाख रुपैयाँसम्म लिएको पाइएको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरूमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाख रुपैयाँसम्म लिएको स्वीकार गरेका छन् ।

पक्राउ परेका आठ जना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाख रुपैयाँसम्म कमाइ गरेको बताएका कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसीले बताए।

गएको बिहीवार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भनिने बेगम नेपालीलाई पक्राउ गरेको थियो । उनीहरूले पैसा लिएको स्वीकार गरेका केसीले बताए ।

उनीहरूले कमिसनबापतको पैसा ‘वान एक्स बेट’ मार्फत सिधै दिने गरेको पनि पाइएको छ । केही कलाकारहरूलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा. केसीले बताए ।

कलाकार एवम् युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले ‘अप्रेशन’ चलाएको थियो । त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधवारमात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँच जना एजेन्टलाई पक्राउ गरेको थियो । उनीहरूले ७४ करोड रुपैयाँ कारोबार गरेको फेला परेको थियो । एक जना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड रुपैयाँ कारोबार गरेको फेला परेको थियो । उनीहरूको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट