Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

केही निश्चित संकल्पसहित ‘झिल्को’


समयबद्ध प्रकाशन प्रालिद्वारा प्रकाशित अनलाइन पत्रिका झिल्को डटकमले नयाँ व्यवस्थापनसहित आफ्नो यात्रालाई अगाडि बढाएको छ । झिल्को डटकम नाम मात्रैको झिल्को होइन । समकालीन पत्रकारितामा जनपक्षीय पत्रकारिताको झिल्को बनेर आम नागरिकको सूचक बन्ने उद्देश्य यसको विम्वात्मक परिचय हो । झिल्कोले फाइदाका लागि अक्षरहरुको मात्र कलात्मक संयोजन गर्दैन। यसले त घटनाको तथ्य र त्यसका प्रभावहरूको लाभा उजागर गर्दछ । यसरी नै आमपाठकको मनमा आफ्नो परिचय दिने संकल्प झिल्कोको छ ।
नेपाली पत्रकारिताको इतिहासमा राज्यद्वारा क्रान्तिकारी एवम् श्रमजीवी पत्रकारमाथि थोपरिएका आतंकका घाउहरू हामीसँग आलै छन् । समाचार र विचार लेखेकै आधारमा हिरासतभित्र हत्या गरिएका महान् सहिद कृष्णसेन इच्छुकले पत्रकारितामा समाएको कलमको आदर्श नै झिल्कोको पनि जीवनभरको आदर्श हो । समाचार लेख्ने कलम भिरेकैले बेपत्ता बनाइएका ‘चित्रनारायण श्रेष्ठ, मिलन नेपालीहरु कहाँ छन् ?’ भनेर राज्यलाई प्रश्न गर्ने झिल्कोको क्रान्तिकारी पत्रकारिताको दायित्व अझै पूरा भएको छैन ।
नागरिकलाई, घटनाको सत्यतथ्य जानकारी दिने, कर्मले मात्रै आजको पत्रकारिताको परिभाषा पूर्ण हुँदैन । आम शोषितरउत्पीडित, आम देश(राष्ट्रियता पक्षधर आम राष्ट्रिय आत्मनिर्भरता र सामाजिक न्याय आधारित समाजवाद निकट परिवेश निर्माणको संचार सक्रियताले नै आजको पत्रकारितालाई पूर्ण गर्दछ। त्यसैले आजको पत्रकारिताले आम नागरिकको आत्मा बोल्न सक्नुपर्छ । अनि उनीहरूमा प्रगतिशील एवम् आलोचनात्मक चेत निर्माण गर्न सक्नुपर्छ। हाम्रो संकल्प छ, झिल्को त्यसकै एक सशक्त माध्यम हुनेछ।
पत्रकारिता आलोचनात्मक चेत निर्माणका लागि हो, जसले मात्रै समाजको प्रगति र गति निर्माण गर्छ । पत्रकारितामा को सफल, को असफलरु त्यसको मापन गर्ने इजलास कुन हो रु समाचार काटछाटको वा ुसमाचारु आग्रह(पूर्वाग्रहको कला बोकेर साहुलाई खुशी पार्ने र आफू पनि विलासी जीवन जिउने मात्रै सफल पत्रकार हो त रु त्यो त तथाकथित सफलता हो । झिल्को त्यसरी सफल हुन चाहँदैन । चाहँदैन मात्रै होइन सफलताको त्यो परिभाषालाई नै खारेज गर्दछ ।
ठूला भनिने आजका संचार माध्यमले ‘सत्यमा आधारित भएर समाचार लेख्छन कि शर्तमा आधारित भएर समाचार लेख्छनरु’ यसबारे आम नागरिकबीच विश्वव्यापी नै बहस चलिरहेको छ । जनपक्षीय, बैचारिक र वैकल्पिक तहका संचार माध्यम हुँदै नभएका होइनन् तर नवउदारवाद वा पुँजीवादले केवल नाफाका लागि शक्ति र संयन्त्रहरूमा पैसा खर्च गरिरहेको छ । त्यसैले प्रायस् बिग हाउस वा कर्पोरेट मिडियाहरू नवउदारवाद वा पुँजीवादका प्रवक्ता जस्ता भएका छन्। नेपाल जस्तो देशमा त ती दलाल पुँजीवादका प्रवक्ता जस्ता भएका छन् । आमपत्रकारिताको त्यस विकृतिविरुद्ध पनि हामीले लड्नुपर्ने चुनौती छ। त्यस चुनौती समेत झिल्कोलाई स्वीकार्य छ।
तर, जनपक्षीय पत्रकारिता गर्नेहरूलाई व्यावसायिक आत्मनिर्भरताको चुनौती एकातर्फ छ भने अर्कोतर्फ व्यावसायिक सफलताका नाममा समाचारको आत्मा मारेर पत्रकारितालाई नै बदनाम गर्ने प्रवृतिविरुद्ध खरो उत्रनुपर्नेछ । कर्पोरेटले दिएको नियुक्तिपत्रको आधारमा पत्रकार परिचय दिने गलत प्रवृति हावी हुँदैछ । ‘लेखनको आधारमा पत्रकार कि साहुले दिएको परिचयपत्रको आधारमा पत्रकाररु’ भन्ने कुराको निष्कर्ष बोल्नुपर्ने बेला आइसकेको छ । झिल्को त्यस निष्कर्षको प्रयास समेत हो ।
विज्ञान प्रविधिमा भएका आविष्कारहरूले संचार क्षेत्रमा अभुतपूर्व विकास ल्याएको छ । आधुनिक संचार साधनहरूसँगै सामाजिक संजालको प्रयोग र प्रभावले आजको पत्रकारितामा नयाँ चुनौती थपिदिएको छ । एकै व्यक्तिले विश्वलाई नै, गलतलाई सही र सहीलाई गलत भन्न सक्ने गरी भएको सामाजिक संजालको अनियन्त्रित प्रयोगले स्वतन्त्र पत्रकारिता समेत धरापमा छ । सबै सूचनाहरुको केन्द्रीकरण गर्ने र विश्वभर नै कस्तो सूचना प्रवाह गर्ने भन्ने कुरा कुनै एक अमुक व्यक्ति विशेष वा संस्थामा केन्द्रीत भएको छ । यसका विरुद्ध सामाजिक संजाललाई नै उपयोग गरेर ‘आमनागरिक पत्रकारिता’को आधार निर्माण गर्नु जनपक्षीय पत्रकारिताको अर्को दायित्व हो । सानो रूपमै सही, झिल्कोले त्यसतर्फ पनि भरपुर प्रोत्साहन गर्नेछ ।
हामी श्रमबर्गीय बैचारिक पक्षधरता सहितको पत्रकारितामा विश्वास गर्दछौं । तर, विश्वमा नै वामपन्थी विचार सहितको पत्रकारिता वा भनौं क्रान्तिकारी श्रमजीवी पत्रकारिता बैचारिक हिसाबले सफल तर व्यावसायिक हिसाबले असफल जस्तो बन्न पुगेको छ । जसले गर्दा जनपक्षीय पत्रकारिताको संस्थागत आधार बलियो हुन सकेको छैन ।
नेपालका क्रान्तिकारीहरू बैचारिक हिसाबले सवल र सशक्त छन् । तर, सत्ता संचालन गर्न र आम संचारलाई उपयोग गर्न भने उनीहरू कमजोर देखिन्छन् । गुटगुटमा विभाजित हुने र पद हत्याउने तिनका नियतिका कारण जनतामा नकारात्मक प्रभाव समेत परेको छ । झिल्कोको कलमले ती गुट भत्काउने संकल्प बोक्नेछ । र, विचार एवम् मुख्य नेतृत्वमा केन्द्रीत रहेर लेख्ने छ ।
हिजोको बलिदानीपूर्ण संघर्षका आधार र उद्देश्य बिर्सिएर शहरको नीला रातको रंगिन कथामा झिल्को रमाउने छैन । वीरताका कथा लिन र वीरताका कथा खोज्न झिल्को दूरदराजमा जाने छ । भिडियो, अडियो र अक्षरमार्फत दर्शक, श्रोता र पाठकसामु शोषितउत्पीडितको जीवन, पहिचान र राष्ट्रियता पस्किने छ । हाम्रो कलमले क्रान्तिकारी इतिहासको आडमा रहेका गैरक्रान्तिकारीहरुको पर्दाफास गर्नेछ । बलिदानीले स्थापित गरेका परिवर्तनविरुद्ध सामन्ती भूत बनेर आएकाहरूलाई नाङ्गेझार पार्ने छ ।
निर्जीव पत्रकारिता हामीलाई स्वीकार्य छैन । हामी आर्थिक वा अन्य कुनै पनि स्वार्थसँग समाचारको सत्यता साट्ने छैनौं । बलिदानीपूर्ण यात्राको एउटा कमाण्डरले जस्तै अभाव र भोकलाई सिरानी हालेर नयाँ आशा र भरोसाको माध्यम हुने अठोटमा हामी कहिल्यै डगमगाउने छैनौं । दर्शक, श्रोता र पाठकले झिल्कोलाई आफ्नै न्याय र अधिकार आवाजको इजालसका रूपमा बुझे भने त्यो हाम्रो ठूलो आत्मसन्तुष्टि हुने छ।


क्याटेगोरी : बिचार, राजनीति, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट