Techie IT
  • ११ साउन २०८१, शुक्रबार
Jhilko

प्रधानमन्त्री प्रचण्ड बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा आउँदै


संखुवासभा, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी–पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न संखुवासभा आउने भएका छन्। प्रधानमन्त्री प्रचण्ड केहीबेर संखुवासभा आउन लागेको बताइएको छ। प्रधानमन्त्रीसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि संखु्वासभा आउन लागेका छन्।

शनिबार राती आएको अविरल वर्षाका कारण संखुवासभाको हेँवा खोलामा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ भने हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका छन्।

बाढीले चैनपुर–४ दोभनेमा निर्माण भइरहेको सुपर हेँवा हाइड्रोपावरमा क्षति पुग्नुका साथै त्यहाँ काम गर्ने १७ जना मजदुर सम्पर्कविहीन भएका हुन्। सम्पर्क विहीनहरुको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #prachanda

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट