Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

त्रिभुवन विश्वविद्यालयको सुधारमा सरकार गम्भीर नभएको सांसद देवकोटाको आरोप


काठमाडौं, ८ चैत । राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले त्रिभुवन विश्वविद्यालयको सुधारमा सरकार गम्भीर नभएको आरोप लगाएका छन्। बुधबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले विश्वविद्यालयको समस्या समाधानमा सरकार उदासिन हुनु लज्जास्पद र चिन्ताजनक विषय भएको बताए।

उनले त्रिभुवन विश्विविद्यालय सुधारमा गम्भीर नहुनु भनेको शिक्षा प्रणालीमाथिकै अपमान भएको बताए। ‘उच्च शिक्षाको ८०/८५ प्रतिशत विद्यार्थी अध्ययनरत यस विश्वाविद्यालयको चित्कार नसुन्नु भनेको शिक्षा प्रणीलीमाथिकै अपमान हो,’उनले भने।

उनले त्रिभुवन विश्वाविद्यालयलगायत उच्च शिक्षाको सुधारको स्पष्ट कार्ययोजना ल्याउन सरकारसँग माग गरे। फरक प्रसंगमा सांसद देवकोटाले पोखराको फेवा तालमाथिको अतिक्रमणबारे संसदमा बोल्दा समेत जवाफ नभएको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले फेवा ताल संरक्षणको स्थायी समाधानका लागि सरकारसँग माग गरे।

उनले भने,’फेवा तालमाथिको अतिक्रमणलगायत विविरण संसदमा बोल्दा समेत जवाफ पाएको छैन। अहिले फेवा तालको वरपरको क्षेत्रमा दिनहुँ ३०/४० वटा डोजरहरू जग्गा प्लटिङ र हर्पण खोला दोहोनमा लागेको विवरण सार्वजनिक भएको छ। फेवा ताल सं‌रक्षणको स्थायी समाधानको कार्ययोजना संसदमा पेश गर्न सरकारसँग माग गर्दछु।’


क्याटेगोरी : संसद
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट